शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै सोधिने


काठमाडौं । शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा अबदेखि वस्तुगत प्रश्न मात्रै सोधिने भएको छ ।शिक्षक सेवा आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्न सोध्ने गरेकोमा अबदेखि प्रतिप्रश्न दुई अङ्कको दरले ५० वटा वस्तुगत प्रश्न सोधिने आयोगले जनाएको छ । यसअनुसार परीक्षा सय पूर्णाङ्कको हुनेछ ।

पास हुन ५० नम्बर ल्याउनुपर्छ । परीक्षा एक घण्टाको हुनेछ । एउटा प्रश्नको जवाफ मिलाएमा परीक्षार्थीले २ नम्बर पाउनेछन् । शिक्षण अनुमति पत्र लाइसेन्सको परीक्षामा वस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम समेत परिवर्तन गरिएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताउनुभयो ।यो पाठ्यक्रम चैत २ पछि हुने परीक्षामा लागू हुने पनि आयोगले जनाएको छ । परीक्षाफल छिटो आउने भएकोले वस्तुगत प्रश्न मात्रै सोध्ने निर्णय गरिएको उहाँको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ