गौर हत्याकाण्ड

भौतिक मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै रौतहटमा प्रदर्शन

गौर हत्याकाण्ड : १५ वर्षदेखि थन्किएको फाइल खोलिने उपेन्द्रलाई डर, रेणुलाई मन्त्रीबाट राजीनामा दिन दबाब


रौतहट- रौतहटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ ।

एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले रौतहट सदरमुकाम गौरमा मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै उनको पुत्ला जलाएका हुन । प्रदर्शनमा संयौं युवाहरु सहभागी थिए । यादवले हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको भन्दै उनको सवत्र आलोचना भइरहेको छ ।

युवा संघका केन्द्रीय सदस्य निवेश यादवले मन्त्री यादवलाई तुरुन्त बर्खास्त गर्न माग गरे । यादवले गौर हत्याकाण्डको छानविन हुनुपर्ने र दोषिलाई कडा कार्वाही हुनुपर्ने धारणा राखे ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले शनिवार नै उनलाई पार्टी कार्यालयमा बोलाएर राजीनामा दिन भनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा गराउन यादवलाई दबाव दिएपछि उनले मन्त्री यादवलाई बोलाएर छलफल गरेका हुन ।

गौरहत्या काण्डमा २९ जना भन्दा बढी माओवादी कार्यकर्ताहरुको हत्या गरिएको थियो । जसमा धेरै महिला रहेका थिए । मन्त्री यादवले सिके रावतलाई धम्कीपूर्ण अभिव्यक्ति दिंदै गौर घटना सम्झन भनेकी थिईन । तर, पछिल्लो समय गौर हत्याकाण्डको फाइल पुन खोलेर दोषीमाथी कार्वाही गर्न दबाव बढिरहेको छ ।

यो पनि पढ्नुहोस-

गौर हत्याकाण्ड : १५ वर्षदेखि थन्किएको फाइल खोलिने उपेन्द्रलाई डर, रेणुलाई मन्त्रीबाट राजीनामा दिन दबाब


ट्याग : #गौर हत्याकाण्ड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ