नेपाल एयरलाइन्सले पायो साउदी अरेवियामा उडान अनुमति


काठमाडौं । नेपाल एयरलाइन्सले साउदी अरेबियामा उडान भर्ने भएको छ । साउदीको जनरल अथोरेटी अफ सिभिल एभिएसनले आइतबार नेपाल एयरलाइन्सलाई उडान अनुमति दिएको हो । निगमले यसअघि यो रुटमा उडानको तयारी गरेपनि अनुमति भने पाउंन सकेको थिएन ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा उडान अनुमति प्राप्त भएको निगमले जनाएको छ ।नेपाल एयरलाइन्सले उडान अनुमति पाएसंगै अव साउदी अरेबियाको रियाद,दमाम र जेद्दामा साताको तीन वटा नियमित उडान हुने नेपाल बायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ