पटका कारखानामा विस्फोट, २३ को मृत्यु


मध्य थाइल्यान्डमा रहेको एउटा पटका कारखानामा विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । प्रान्तीय गभर्नरले बुधबार जनाएअनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिपनजिक विस्फोट भएको हो ।

स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ । सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक अध्यादेश डिस्पोजल समूह (इओडी) लाई उद्धृत गर्दै एएफपीलाई भने, ‘हामीले इओडी टोलीबाट २३ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट प्राप्त गरेका छौँ ।’ विस्फोटको कारणबारे कुनै संकेत प्राप्त भएको छैन ।

यद्यपि नट्टापटले के कारणले विस्फोट भएको हो भन्नेबारे अधिकारीहरूले अनुसन्धान गरिरहेको जानकारी दिए । ‘कारखाना वैध लाइसेन्सका साथ कानूनीरूपमा सञ्चालन भइरहेको थियो,’ उनले भने । प्रहरी अधिकारीहरूका अनुसार छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन । ‘विस्फोटबाट एउटा घरको सिसाको झ्याल फुटेको छ, तर अन्य कुनै रिपोर्ट प्राप्त भएको छैन,’ नट्टापटले भने ।

लेफ्टिनेन्ट जनरल नैयावत फडेमचिडले घटनाबारे प्रधानमन्त्री श्रेथा थविसिनलाई जानकारी गराइएको बताए । प्रधानमन्त्री श्रेथा अहिले विश्व आर्थिक मञ्चका लागि स्विट्जरल्यान्डमा छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ