कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेको बताएका छन्।

दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा शनिबार बालुवाटारमा जुगल हिमाल आरोहण गर्ने संयुक्त टोलीको बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेको बताएका हुन् । आफूलाई दक्षिण कोरियाबाट भ्रमणका लागि निम्ता आएको उनको भनाइ छ ।

‘केही समय पहिले राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपति योन सुक योलसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ विस्तार गर्नेकुरामा छलफल भएको छ । उहाँले दक्षिण कोरिया भ्रमणको निम्ता पनि गर्नुभएको छ। सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी गर्दै छौँ।’, उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ