रुस र युक्रेनबीच बढ्दो तनाबबीच लुहान्स्कमा शक्तिशाली विस्फोट


एजेन्सी – रुस र युक्रेनबीच बढ्दो तनावको बीचमा लुहान्स्कमा “शक्तिशाली विस्फोट” भएको स्पुतनिकले जनाएको छ। विस्फोट ग्यास पाइपलाइन “दुर्ज्भामा” मा भएको र ठूलो आगोलागी हुनसक्ने प्रक्ष्येपण गरिएको थियो ।

स्थानीय ग्यास पूर्वाधार व्यवस्थापन “लिहान्स्कगास” ले विज्ञप्ति मार्फत् जनाएअनुसार आपतकालीन टोलीहरू अहिले त्यस क्षेत्रमा उपस्थित छन्।स्वघोषित डोनेट्स्क र लुगान्स्क जनवादी गणतन्त्रले युक्रेनी सशस्त्र बलहरूले गरेको गोलाबारीको समाचार सम्प्रेषण गरेपछि युक्रेनको डोनबासको सम्पर्क लाइनमा तनाब बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ