पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपालकी नम्रता टप ३० मै सीमित


काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले मिस वर्डको उपाधि जितेकी छिन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड प्रतियोगिताको ग्रान्ड फिनालीमा क्यारोलिना उत्कृष्ट घोषित भएकी हुन् ।

प्रतियोगितामा अमेरिकाकी श्री साइनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज ओलिभियाले पहिरिइन् । यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए ।

नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन् । उनी हेड टु हेड च्यालेन्जबाट प्रतिस्पर्धामा छानिएकी थिइन् । कूल ९७ प्रतिस्पर्धीमध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फिनालीमा सहभागी गराइएको थियो । फिनालीमा निम्तो नगरिएका प्रतिस्पर्धीलाई भने भर्चुअलरुपमा सहभागी गराइएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ