पल शाह प्रकरण : रेखा थापाले दिइन् युट्युबरविरूद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौं । नायिका रेखा थापाले एक युट्युबरविरूद्ध प्रहरीमा उजुरी दिएकी छन् । आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै उनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।

‘तथानाम गाली गरेको भन्दै रेखाजीको निवेदन आएको छ । अध्ययन गरिरहेका छौं,’ साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले भने ।विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको भन्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला बाइबाविरूद्ध निवेदन दिएकाे बुझिएको छ ।

नाबालिग गायिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन् । रेखाले सार्वजनिक टिप्पणी गरेलगत्तै युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए ।

रेखाले २० वर्ष मुनिका छोरीहरू बालिका भएको र बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने बताएकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ