नेपालको उदाङ्गो राज्य ब्यबस्था र कोरोना कहर


 नेपालको राज्यब्यबस्था ,राजनीति र कोरोना एक अर्कोमा अन्तर सम्बन्धि छन । विभिन्न आन्दोलन र जनताको बलिदानबाट प्राप्त लोकतन्त्र र मानविय जीवन अहिले संकटमा परेको छ । राजनीतिक मूल्य मान्यता र संस्कृति विलीन हुँदै गएको छ। भने राज्यको दायित्व र भूमिका पनि अस्ताउन लागेको घाम जस्तो हुँदै छ।

हुन त मानवको जन्म र मृत्यु शाश्वत सत्य हुन तर पनि राज्य ब्यबस्था र राजनीतिक कु, सँस्कारको कारण यतिबेला नेपाली नागरिकको निरीह रूपमा ज्यान गइरहेको छ । यसरी मानवीय ज्यान जानू भनेको राज्यद्वारा नागरिकको हत्या गरिनु हो। राज्य आपत बिपत र नागरिकको धनजनको सुरक्षाका लागि निर्माण गरिएको संरचना हो।

जहाँ धन जनको रक्षा र नागरिकले सुरक्षा महुसुस गर्दैनन् भने त्यो राज्यमा राजनीतिले जनमत माग्ने नैतिकता हुदैन ।राज्य राजनीतिद्वारा संचालित हुन्छ कुसंस्कारको राजनीति र मिथ्या भाषणले राजनीति र राज्यको प्रतिनिधित्व गर्दैन्।

अहिले तमाम नेपालीहरू बिदेशमा छन् । देश भित्रका नागरिक जसले यी नाथे मनुवाहरुलाई पगरी गुथेर सत्तामा पुर्‍याएका थिए यी जनता आज रोग र भोकले सडकमा नाङगै मर्न बाध्य छन । सिटामोल नपाएर ज्यान गएको अवस्था छ । दैनिक २०० भन्दा बढीको ज्यान गईरहेको भए पनि राज्य सरकार मौन तर सत्ताको हनिमुन मनाउनमा नै ब्यस्त छ ।

राज्यका सयन्त्रको दुरुपयोग गरिरहेका छन । राजनीतिक संस्कार कुल्चिएकोछ। प्रधानमन्त्री मन्त्री ज्यु तपाईले के के काम जनताको लागि गर्नु भो त ?  डीजिटल नेपाल बनाएको , धरहरा, मेलम्ची र मठ, मन्दिर , अयोध्यापुरी निर्माण र कालो पत्रे सडकको फुई लाउनुहुन्छ ।

उर्जावान युवा खाडिमा रगत र पसिना बगाएइरहेका छन भने ज्येष्ठ नागरिक , अशक्त , असहाय , सिमान्तकृत बर्ग अपांगता भएका नागरिक जसले यो देशमा भुरे ठालुहरुलाई सकि नसकी मतदान केन्द्रसम्म गइ मतदान गरे त्यसको परिणाम आज के सुबिधा पाए त भन्दा औषधि उपचारका क्रममा अक्सिजन , भेनिटलेटर र शैया नपाएर अकालमा ज्यान गुमाउनु परेकोछ । कयौंका बाबु नानीहरु टुहुरा भएका छन । कयौं चेलिको सिंदुर पुछिएको छ भने कयौं पुरुषहरूको जीवन संगीनि गुमेको पिडा छ। यो चित्कार , असह्य पिडा , ती नाबालकहरुको क्रेन्दिन, लासमाथी पिङ खेलिरहेको छ मेरो सरकार ।

देशको बिकास र नागरिकको रक्षा त कता हो कता लोकतान्त्रिक गणतन्त्र नेपालको अस्तित्व समाप्त गरि आफ्नो परिवारमा नै आगो लगाई भस्मासुरको हुन्कार दिन मगन मस्त सरकारले के सुरक्षा दिन्छ ?कहिले भुकम्पको नाममा भ्रस्टाचार गरे , कहिले पुनर्निर्माणको , कहिले वाढि पहिरो त कहिले आगलागी , व्हाईट बडी , बालुवाटार, एन्सेल काण्ड जस्ता जघन्य अपराध र बिकृतिहरुको जालोमा निमुखा नेपाली जनता झेलिएका छन् ।अहिले खोप र औषधिमा कमिसन अनि भ्रष्टाचार औसधी र खोपमा कमिसन खानु भनेको गरिब निमुखा नागरिकको रगत चुस्नु सरह हो ।

मान्छेको मृत्यु धमाधम भईरहेको छ खोप शैया र औसधीको अभावमा तर मसानघाटहरु भने झिलिमिली देखिन्छन , मरेको लासमाथी राजनिती गरि पार्टीको झन्डा ओढाउछ्न र एक होनहार कुशल कार्यकर्ता गुमाएको भनी हुन्कार गरिन्छ । खै यिनको नैतिकता जीवन हुँदा सिटामोल नदिने मरेपछि झन्डा ओढाएर लासमाथी राजनिती गर्ने , कठै नेपाल आमाका सन्तान !

हामीले सरकार संचालन गर्ने जिम्मेवारी कस्ता ब्यक्तिलाई दियौं त्यो पनि महत्त्वपूर्ण कुरा छ। राजनीतिक संस्कार ईमान र नैतिकता गुमाएका ब्यक्तिको हातमा देश पार्नु “बादरको हातमा नरिबल “भने जस्तै हो । अहिले हामिले त्यही नियति भोगिरहेका छौ ।

अहिलेको कोभीड- १९ को कहालीलाग्दो कहरले राजा र राणाको ईतिहासको प्रसङ्ग आउछ । राणा र राजाले वीर अस्पताल , सरुवा रोग अस्पताल सिंह दरबार , बिमानस्थल , सैन्य अखडा , भौतिक संरचना र यन्त्र उपकरणको ब्यबस्था नगरेको भए यी भुरे ठालु कहाँ बस्थे , कसरी जनता माझ नाक ठाडो गर्थे । बि.स. २०४७ भन्दा यता कुन चाहि संरचना बन्यो ? जनताले के सुबिधा पायो । केही भएछ भने नेताको भुडी भरियो, छोराछोरी बिदेश पढाए होलान , श्रीमतीलाई गहना किने होलान, घर खेत र सम्पत्ति कमाएर बिदेशी बैंकमा जम्मा गरे , पजेरो र प्राडो चढ्नुभयो । तर निमुखा जनताले करको नाममा नोट र भर भरोसाको नाममा भोट दिए ।

यो नेपालको स्वास्थ्य क्षेत्र बेहाल छ शिक्षा र स्वस्थ्य जस्ता मानवीय जीवनसंग प्रत्यक्ष सरोकार राख्ने आधारभुत आवस्यकतालाई रास्ट्रियकरण गर्नुपर्छ भनी गोबिन्द केसिले आमरण अनसन बस्दा उहाँलाई सरकार बिरोधिको आरोप सरकरहरुले लगाउद्दै आए । आज यो विस्वब्यापी महामारी आउँदा थाहा भयो यो नेपालको संरचना त केवल (स्केलेटल सिस्टम)हड्डीको पुन्ज मात्र रहेछ भित्र खोकलो बाहिरको बोक्रा सहितको गुदो त सब खाईसकेका रहेछ्न

। अनि कसरी जोगिन्छ मानव जीवन ? यस्तो राज्य ब्यबस्था र सरकारले केबल संसदीय गणित जोड घटाउ गर्दै आफ्ना निजि स्वार्थ पुरा गरेर देश र जनताको रगत पसिना चुसेर जुका जस्तै टन्किएका छन ।

लेखक नन्दराज भट्ट राजनीति शास्त्रका विद्यार्थी हुन्  ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ