मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यमा सहभागी बनाैं ।


१) आगामि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाइ दृष्टिगत गरी आयाेगले २०७९ साल असार १ गते देखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सुरू गरेकाे छ ।

२) यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेकाे त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न मतदान स्थल परिवर्तन गर्न, दाेहाेराे परेकाे नाम हटाउन सम्वन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

३) आयाेगबाट वितरण भएकाे  मतदाता परिचयपत्र भएकाे तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेकाे व्यक्तिहरूले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढी, कैलाली



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ