गठबन्धनको निर्णयप्रति आपत्ति जनाउँदै खनालले भने-विदेशीको दबाबमा राजनीतिक दल झुके


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा टेबुल गर्ने सत्तारुढ गठबन्धनकाे निर्णयप्रति आपत्ति जनाएका छन् ।

नेता खनालले संविधान विपरित गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको समेत आरोप लगाए । ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले भने ।

शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उनले बताए । ‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेवुल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भने ।आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसद बैठकमा टेबुल गर्ने निर्णय गरेको हो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ