रअ प्रमुखलाई लिएर भारतीय राजदूत श्रीवास्तव माओवादी अध्यक्ष भेट्न खुमलटारमा


काठमाण्डु – नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तावबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष दाहाललाई भेट्न श्रीवास्तव २२ सिडि ३५ नम्बरको गाडीमा शनिवार खुमलटार पुगेको स्रोतले बतायो ।

खुमलटार स्रोतकाअनुसार श्रीवास्तवसंगै नेपालका लागि भारतीय गूप्तचर संस्था रअका स्टेशन प्रमुख राघव भटनागर समेत दाहाल निवास पुगेका थिए ।

नागरिकता विद्येयक, सत्ता गठबन्धनबीच सिटको बांडफांड र चिनियां जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमणमा आउने तयारी भइरहेको बेला भारतिय राजदूतले दाहाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

दाहालले पोखरामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विद्येयक अस्वीकार गर्ने भए राजीनामा दिएर सडकमा आउन भनेको अभिव्यक्ति दिनुका साथै आफु र प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणबारे चिनियां राजदूतले चांसो राखेको बताएका थिए ।

दाहालले चिनियां राजदूतको प्रशंङग निकालेको भोलिपल्ट भारतीय राजदूत रअ प्रमुखलाई लिएर खुमलटार पुगेका हुन् । माओवादी अध्यक्ष दाहाल चीन भ्रमणमा जाने तयारीमा छन् । तर, चिनियां पक्षले भने उनको भ्रमणको लागि ग्रिन सिंग्नल नदिएको स्रोत बताउंछ । दाहालले आगामी मंसिरपछि हुने निर्वाचनपछि प्रधानमन्त्री बन्ने प्रयास सुरु गरिसकेका छन् ।

दाहालले चिनियां राष्ट्रपति सी जिनपिङसंग भेट गर्न खोजेपनि चिनियां पक्षले भने त्यो सम्भव नभएको जवाफ दिएपछि दाहाल निरास बनेको बताइन्छ । उनले भारतपछि जापानको भ्रमण गरेका थिए । दाहालको भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम भने अन्तिममा रद्द गरिएको थियो ।

रअ प्रमुख सामन्त गोयलले उनको भेट रोकेको चर्चा छ । पछिल्लो समय दाहाल र अमेरिकी अधिकारीहरुबीच समेत बाक्लो छलफल हुने गरेको छ । उनले अमेरिका भ्रमणका लागि समेत प्रयास गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ