रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैनः राष्ट्रपति जेलेन्स्किी


एजेन्सी – युक्रेनको राजधानी सहर किभलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि सरकार कत्ति पनि नडगमगाएको र राष्ट्रपति जेलेन्स्किी भोलोदिमिरको पकडमा रहेको बताइएको छ । युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तरपूर्वी सहर खार्किभमा लडिरहेको राष्ट्रपति जेलेन्स्किीले बताएका छन् ।‘अतिक्रमणकारीहरुले हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ राष्ट्रपतिले भने, ‘हामीले उनीहरूको योजना तोड्यौं ।’ रूसी सेनाले किभलाई घेरा हालेपछि सरकारले त्यहाँका स्थानीयलाई घरभित्रै बस्न भनेको छ ।रुसी हमलामा अहिलेसम्म २४० सर्वसाधारणको हताहत भएको राष्ट्रसंघले जनाएको छ ।

युक्रेनले सर्वसाधारणसहित आफ्ना १३७ जनाको मृत्यु भएको पुष्टि गरेकाे छ । रुसी सेनातर्फ भएको हताहतबारे मस्कोले अहिलेसम्म केही उल्लेख गरेको छैन् ।रुसी क्षेप्यास्त्रले राजधानीबाट केही किलोमिटर टाढा रहेको सहरको एउटा तेल डिपोमा हमला गरेका छन् । अहिले डिपोबाट निस्किएको विषाक्त धुँवाबाट वरपरको वातावरण प्रदूषित भएको प्राप्त विवरणहरुमा जनाइएको छ । रुसी हमला सुरु भएपछि राजधानीका मानिसहरु रातभर अन्डरग्राउन्ड आश्रयमा बिताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ