नेपाल बीआरआईको महत्वपूर्ण अगं हो, नेपालसंग कुनै पनि ठाउंमा सीमा विवाद छैन :चिनियां दूतावास


काठमाण्डु – चीनले नेपालसंग कुनै पनि ठाउंमा सीमा विवाद नरहेको स्पष्ट पारेको छ । काठमाण्डुस्थित चिनियां दूतावासले बिहीबार सांझ विज्ञप्ति जारी गर्दै नेपाल र चीनबीच सीमा समस्या नभएको र यसबारेमा नेपालको परराष्ट्रमन्त्रालयले थप प्रष्ट पारिसकेको दावी गरिएको छ ।

विज्ञप्तिमा सन् १९६० को मैत्रीपूर्ण परामर्शअन्तर्गत सीमा समस्या हल भइसकेको उल्लेख छ । नेपाल जागरुक संघको ब्यानरमा काठमाण्डु र तराईका केही जिल्लामा चीनविरुद्ध प्रर्दशन भएपछि दूतावासले वक्तव्य नै जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो ।

 

चिनियां दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपाल परम्परागत मित्रवत छिमेकी हो । चीनले दृढतापूर्वक शान्तिपूर्ण सहअस्तित्वका पांच सिद्धान्तअनुसार नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको छ । हामी कुनै व्यक्ति विशेषले फैलाएका भ्रमपूर्ण रिपोर्टबाट नेपाली जनाता भ्रमित हुने छैनन भन्नेमा विश्वस्त छौं ।’

चिनियां दूतावासले नेपाल बीआरआईको महत्वपूर्ण अगं भएको उल्लेख गर्दै नेपाललाई सहयोग गर्न सधै चीन तयार रहेको र त्यसमा कुनै राजनीतिक उद्देश्य नरहेको दावि गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ