किम जोङ इलको जन्मदिनमा फूल नफुलेपछि मालीलाई कारबाही


एजेन्सी – उत्तर कोरियाका तत्कालिन तानाशाह किम जोङ इलको जन्म दिनको पूर्वसन्ध्यामा उनको नाममा राखिएको एउटा फूल नफुलेको भन्दै दुई जना मालीलाई सजाय दिइएको छ । किम जोङ इलको नाममा राखिएको रातो फूल किमजोङइला नफक्रिएको भन्दै उनीहरुलाई ६ महिना श्रम शिविरमा पठाइएको हो ।

उत्तर कोरियाले हरेक १६ फेब्रुवरीमा इलको जन्म दिन मनाउँछ । यस दिनलाई उत्तर कोरियामा डे अफ साइनिङ स्टारसमेत भनिन्छ । र, यसलाई देशकै सबैभन्दा ठूलो पर्वको रुपमा प्रचार गरिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ