अष्ट्रेलियन पूर्वक्रिकेटर शेन वार्नको निधन


काठमाडौँ — अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको अष्ट्रेलियन समय अनुसार शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो ।जारी सूचना अनुसार उनको हृदयघातका कारण निधन भएको आशंका गरिएको छ । ‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उनलाई ब्युँत्याउन सकिएन’ विज्ञप्तिलाई उद्धृत गर्दै फक्स क्रिकेटले लेखेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ