नेपाललाई पहिलो सफलता, मुखियाले लिए विकेट लिए


काठमाडौं ।ओमानमा जारी टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटमा सेमिफाइलन खेलमा नेपालले यूएईविरुद्ध पहिला बलिङ गर्दैछ । नेपालले दोस्रो ओभरमै सफलता पाएको छ ।

यूएईका सबैभन्दा भरपर्दा ब्याटर चिराग सुरी आउट भएका छन् । नेपालका जितेन्द्र मुखियाले पहिलो विकेट लिएका हुन् । यो समाचार तयार पार्दासम्म यूएईले २ ओभरमा १ विकेट गुमाएर ६ रन बनाएको छ । फाइनलमा पुगे विश्वकप २०२२ मा छनोट हुने भएकाले नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ