वन निर्देशनालय कैलालीकाे अनुराेध


वर्षेनी नेपालमा गर्मी बढे संगै वनमा डढेलो  र फडानीले ठुलो वन जंगल मासिनुका साथै मानवीय क्षति हुने गर्दछ। डिभीजन वन कार्यालयको उद्देश्य समग्रमा प्राकृतिक श्रोत तथा सम्पदाहरुको संरक्षण, सम्वर्धन,व्यवस्थापन र सदुपयोग गरी वातावरणको संरक्षण एवं ग्रामिण जनस्तरको आर्थिक स्तरमा टेवा पुर्याउँदै राष्ट्रिय आयमा समेत अभिवृद्धि गर्दै नेपाल सरकारले तय गरेको नीति नियम एवं निर्देशनलाई कार्यान्वयन गरी जिल्ला स्तरीय भूमिका निर्वाह गर्नु रहेको छ । सोही कारणले वन निर्देशनालयले निम्न सावधानि अपनाउन अनुराेध गर्दछ,

  • वृक्षारोपणा गरौं, वन संरक्षण गरौं, वाताबरण स्वच्छ र सफा राखौ,
  • वनलाई डढेलो बाट बचाउ, जैविक विविधताको संरक्षण गरौं।
  • अग्नि नियन्त्रणमा उपयोगी औजारको प्रयोग गरौं।
  • सुख्खा सिजन सुरु हुनु भन्दा अगावै वन वारपारकाे बाटाैमा सुकेका पातहरु पतिङ्गरहरु हटाऔ ।
  • वन क्षेत्रको संरक्षणमा जुटौ, हामी पनि बाँचौ र वन्यजन्तुलाई पनि बचाई असल नागरिकको दाहित्व बहन गरौं।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ