भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,बझाङकाे अनुराेध


रेविज राेग :

रेविज राेग ताताे रगत भएका स्थनधारी पशुपन्छीमा लाग्ने लिस्सा भाइरसवाट हुने प्राणघातक तर खाेप लगाए वच्न सकीने जुनाेटिक राेग हाे । रेविज लागेकाे पशुवाट मानिसमा टाेकाइ भइ याे भाइरस दिमाग वा गिद्बिमा पुगेपछि राेगका लक्षण देखिन शुरु हुन्छ ।

मानिसमा कसरी रेविज राेग सर्छ:

रेविज लागेका कुकुर, विरालाे, स्याल, फ्याउराे र अन्य जनावरकाे टाेकाइवाट रेविज राेग सर्दछ । रेविज रोगको विषाणुले स्नायू प्रणालीमा असर गर्दछ । यो रोग खास गरिकन रोगी जनावरले टोकेको अवस्थामा र्यालको माध्यमवाट सर्दछ । रेविज रोग लागेर बहुलाएको जनावरहरुको घाउ चाटेमा वा च्यातिएको छाला वा मुखमा र नाकमा र्याल परेमा पनि रोग सर्न सक्तछ दक्षिण पूर्वी एशियाका मानिसहरुमा ९६ प्रतिशत रेविज रोग कुकुरको टोकाईवाट सर्ने गरेको पाईएको छ । यसको अलावा अन्य जनावरहरु जस्तै विरालो, न्याउरी मुसा, स्याल, व्वांसो, फ्याउरो र अन्य मांसाहारी जनावरहरुको टोकाईवाट पनि रोग सर्ने गरेको रिर्पोटहरुछन् । तर वाँदर र मुसाहरुवाट विरलै सर्ने सर्दछ । रेविज रोग लागेका घोडा र गधाहरु बढी उत्तेजित हुन्छन् र नराम्रोसंग टोक्दछन् । रेविज रोग लागेका गाई, भैसीहरुले टोक्दैनन् तर र्याल चुहाईरहेका विरामी पशुहरु जाँच्दा सावधानी अपनाउनु पर्दछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ