स्वास्थ्य कार्यालय बझाङद्बारा जनहितमा जारी सन्देश


मुटु स्वस्थ कसरी राख्ने ?

शरीरको तौल नियन्त्रण हुनुपर्छ । अहिले सहरीया जिवनशैलीका कारणले शरीरको वजन एकदमै बढिरहेको छ । यसको लागि शारीरिक ब्यायम गर्नुपर्छ ।

यसको लगि कम्तिमा ३० मिनेट पसिना आउने गरि ब्यायम गर्नुपर्छ । तारेको भुटेको खानेकुराहरु सकेसम्म खान भएन ।कार्वोहाइड्रेट बढि हुने भात,आलु र गुलियो पदार्थहरु कम खानुपर्छ।

धुम्रपान र मद्यपानबाट टाढा रहनुपर्छ। चिन्तारहित जिन्दगी जिउने प्रयास गर्नुपर्छ।नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्छ।

विशेष गरि ३५ वर्षभन्दा माथिको उमेर भएकाहरुले बर्षमा २ पटक स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

यसैगरी सुगर र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्छ भने चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ।

दौडादौडको दैनिकीले मानिसलाई भागिरहने-दौडिरहने बनाएको छ । यसले गर्दा मुटुको धडकन पनि बढ्न जान्छ । यसलाई पनि नियन्त्रण गर्न सक्नुपर्छ । पर्याप्त मात्रामा सुत्नपर्छ । यदि सुताइ पुगेन भने मुटुको चालमा गडबढी हुन सक्छ । हरियो सागसब्जी फलफुल हरियो तरकारी भिटामिन भएका खानाहरु र स्वच्छ अनि ताजा खानेकुरामा बढि जोड दिनुपर्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ