राष्ट्रियसभा निर्वाचन : जनकपुरमा मतदानस्थल नजिक झडप


जनकपुरधाममा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ ।

मधेशमा किसानका माग सम्बोधन गर्नुपर्ने भन्दै लामो समयदेखि आन्तदोलन गर्दै आइरहेका सिके राउतका कार्यकर्ताहरु राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

उक्त झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार समेत गरेको छ । अहिले उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्ने नाराका साथ जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । त्यसपछि प्रहरीले नारा स्थगित गर्न अनुरोध गर्दा प्रहरीसंग झडप भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ