राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के-के भयो कुराकानी ?


काठमाडाैं ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति शीतल निवासमा बिहीबार अपरान्ह ३ बजे राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच स्थानिय निर्वाचनसहित देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय भेषराज सचिव अधिकारीले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको भोलिपल्टै प्रधानमन्त्री राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ ।आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् ।

बुधबार १९ सिटका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले १८ सिटमा जित निकालेको छ भने नेकपा एमालेले एक सिट हात पारेको छ ।

राष्ट्रियसभामा अब सत्तारुढ गठबन्धन दुईतिहाइ बहुमत नजिक छ । यस्तो अवस्थामा राष्ट्रपतिसँग प्रधानमन्त्रीको संवादलाई अर्थपूर्ण मानिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ