कांग्रेस परित्याग गरी दुईदर्जन बढी कार्यकर्ता माओवादीमा प्रवेश,इन्चार्ज लामाले गरे स्वागत


काठमाडौं – नेपाली कांग्रेस परित्याग गरी दुई दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिकामा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य तथा काठमाडौं क्षेत्र नं १० इन्चार्ज सञ्जय लामाले उनीहरुलाई पार्टीमा स्वागत गरे ।

बीर बहादुर तामाङको नेतृत्वमा दक्षिणकाली ९ र ५ नं वडाका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशको कार्यक्रमलाई ९ वटै वडामा अघि बढाइने बागमती प्रदेश सदस्य लामाले जानकारी दिए ।

“आउने चुनावमा हामीले जित्नुछ, जिताउनुछ । माओवादी केन्द्र अब दक्षिणकाली नगरपालिकामा अब नयाँ शक्तिको रुपमा उदाउनेछ ।”, प्रदेश सदस्य लामाले भने, “समाजमा व्याप्त विकृति रोक्न र परिवर्तनको लागि दक्षिणकाली नगरपालिकामा माओवादी केन्द्रको उपस्थिति अपरिहार्य छ ।”

नगर सम्मेलनपछि पार्टीको वडा तहसम्मका राजनीतिक गतिविधिले नगरपालिकामै नयाँ तरंग ल्याएको दाबी समेत गरे । माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रामकृष्ण बस्नेतले माओवादीलाई नगर स्तरमा चलायमान बनाउन युवाहरुको उपस्थितिले नयाँ उर्जा थपेको बताए । माओवादी युवाहरुको पार्टी रहेको बस्नेतको भनाइ थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ