कार्यकर्तालाई प्रचण्डको निर्देशन – जनतासँग माफी माग्न अप्ठ्यारो नमान्नु


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका कमजोरी सच्याएर जनतासँग माफी माग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।शनिबार सिन्धुली पार्टी कार्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले नेता कार्यकर्तालाई गठबन्धनको भर नपरि आफ्नै खुट्टामा उभिन निर्देशन दिएका हुन् ।

उनले हालको गठबन्धनको भरमा नपर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन् । ‘पहिले आफ्नै खुट्टामा उभिने हो, गठबन्धनको भर नपरौँ । विगतका कमजोरी सच्याउने र जनतासँग माफी माग्न अप्ठ्यारो मान्न पर्दैन ।’, उनले भने ।आफू बलियो भए गठबन्धनले आफैं खोज्ने पनि प्रचण्डले बताए । ‘अहिले गठबन्धनमा छौं, भोलि के हुन्छ थाहा छैन,’ प्रचण्डले भने । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमो जुट्न पनि उनले निर्देश दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ