गठबन्धनकै बीचमा चुनावी तालमेल हुन्छ : प्रचण्ड


नुवाकोट – नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनकै बीचमा चुनावी तालमेल गर्ने सोच छ भएकाे बताएका छन् । शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘गठबन्धनकै बीचमा चुनावी तालमेल गर्ने सोच छ । सबै राजनीतिक दलको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित छ । हामी पनि स्थानीय निर्वाचनमा केन्द्रित छौं । हामी पनि निर्वाचनमा जुटेका छौं । दुई महिने अभियानमा छौं । पार्टी विभाजित हुने हो कि भन्ने कुरा उठे । पार्टीलाई एकताबद्ध गरेर लैजान्छौं ।’उनले एमसीसी जस्ताको त्यस्तै पारित गर्नु हुँदैन भन्ने पक्षमा पार्टी रहेको र व्याख्यात्मक घोषणा उपलब्धीका रुपमा रहेको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ