एमसीसी प्रभाव : सांसद विष्टले छोडे माओवादी केन्द्र


काठमाडौं l सत्तारुढ नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सभाका सांसद ठम्मर बहादुर बिष्टले पार्टी परित्याग गरेका छन् । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै विष्टले पार्टी परित्याग गरेको जानकारी दिए । उनले माओवादी पार्टी रुपान्तरण हुने कुनै सम्भावना नभएकाले आफुले पार्टी छोडेको बताए ।

कर्णाली प्रदेशका प्रमुख सचेतक समेत रहेका सांसद विष्ट गैर सांसदलाई मन्त्री बनाएदेखी नै असन्तुष्ट थिए । उनले माओवादीले पार्टीको नीति विपरित संसदबाट एमसीसी पारित गरेकाले पार्टी परित्याग गरेको दावी गरेका छन् ।उनले कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताएका छन् ।

सांसद विष्ट २०७४ को निर्वाचनमा सुर्खेत क्षेत्र नम्वर १ (क) बाट विजयी भएका थिए । उनि यसअघि नेकपा विभाजित भएपछी एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेका थिए । सर्वोच्चको निर्णयपछी एमाले र माओवादी ब्युतिएपछी पछि उनि माओवादी केन्द्रमै फर्किएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ