जनयुद्धमा सुर्खेत जेल ब्रेकका योद्धा महेशको निधन


धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । केही दिनदेखि निमोनियाले संक्रमणले थपा परेका बडुवालको उपचारको लागि लखनाउ लिँदै गर्दा बाटोमै निधन भएको हो ।
पार्टीको तीन अभियान क्रममा कार्यक्षेत्र डोटीमा खटिएका महेश स्वास्थ्यमा समस्या देखा परेपछि कैलाली फर्किएर उपचारमा लागेका थिए ।

जनयुद्धकालदेखि पार्टीको इमान्दार सिपाईको रुपमा जिम्मेवारी पूरा गर्दै आएका महेश सामाजिक कार्यमा समेत सहभागी हुँदै आएका थिए ।

जनयुद्धको क्रममा सुर्खेत जेल ब्रकका योद्धा समेत हुन् ।

पाँच भाइमध्ये महेश काइला हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ