शिक्षक महासंघले राहत र बालविकास शिक्षकलाई दियो धोका!


काठमाण्डु- राहत शिक्षक र बालविकास शिक्षक विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरुद्ध आन्दोलनलाई गरिरहेका छन् । यसभन्दा अघि उनिहरु शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी भएका थिए । शुक्रबार शिक्षक महासंघले सरकारसँग सम्झौता गरेर आन्दोलन अन्त्य गरे पनि राहत शिक्षक र बालविकास शिक्षकले भने काठमाण्डु केन्द्रीत आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

राहत शिक्षकले आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरुले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने र आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई अनुदान दिएर बिदा गर्नुपर्ने माग राखेका छन् ।

शिक्षक तथा सरकारबीच भएको ६ बुँदे सहमतिमा ‘साविक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरबन्दी र अनुदानकोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धाका सम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने’ उल्लेख छ ।

तर राहत शिक्षकहरुले शिक्षक महासंघसँग भएको सहमतिले आफूहरुलाई धोका भएको भन्दै आन्दोलन गरिरहेका छन् । वार्तामा समेत सहभागी भएका अधिकारी हस्ताक्षर नगरी फर्केका थिए ।
आफ्ना माग पूरा नभएसम्म आन्दोन गरिरहने राहत शिक्षक र बालविकास शिक्षकको अडान छ । यसबारे शिक्षक महासंघले भने केही बोलेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ