फिफा इन्टरनेसनल महिला फुटबल- २०२३ को उपाधि नेपाललाई, टाइब्रेकरमा गोलकिपर एन्जिला चम्किएपछि बंगलादेश पराजित


फिफा इन्टरनेसनल महिला फुबटल शृंखला २०२३ को उपाधि नेपालले जितेको छ। गोलकिपर एन्जिला तुम्बापो सुब्बा चम्किएपछि फाइनलमा बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै नेपालले पहिलोपटक आयोजना गरिएको यो शृंखलाको च्याम्पियन बनेको हो।

नेपालको जितमा सावित्रा भण्डारी, हीराकुमारी, दीपा शाही र अनिता केसीले गोल गरे। बंगलादेशको तर्फबाट संसुन नहार र मोनिका चक्माले मात्र बललाई जाली चुमाउन सके।

बंगलादेशका तीन दुई पेनाल्टी प्रहारलाई नेपाली गोलरक्षक एन्जिलाले रोकेकी थिइन्। नेपालको तर्फबाट तेस्रो पेटाल्टी प्रहार गर्न उनै एन्जिला आएकी थिइन्। तर, उनले गोल गर्न भने सकिनन्। उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो।

उनले सुलियाजिन पालिय र मारिया मान्डर पातिखेको बल समातिन्। त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न सकेनन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ