सुदूरपश्चिममा बजेटको पक्षमा मतदान गर्न माओवादी र एकीकृत समाजवादीको ह्वीप


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटको पक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाएको छ ।

सुदूरपश्चिममा शनिबार आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने तयारी छ । सत्तारुढ दलहरुले नै बजेटलाई समर्थन गर्न नसक्ने भनेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो।

बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट ३ करोडबाट ५ करोड बनाउने, प्रदेशसभा सदस्यहरुले छनोट गरेका योजना बजेटमा समावेश गर्ने लगायतका सहमति गरेको थियो।

दलहरुले बजेटको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाउन थालेका हुन् । सत्तारुढ नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठक पनि शनिबार नै बसेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ