कोशी प्रदेश: मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नदिने


काठमाण्डु- कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो ।

१७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । हाल प्रदेश सरकारमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । कार्कीलाई आफ्नो सरकार टिकाउनका लागि एक सांसदको आवश्यक पर्छ ।

यता विपक्षी गठबन्धनले एमाले नेतृत्वको सरकार ढाल्ने निर्णय गरिसकेको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी (जसपा) रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ