मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन : गृहमन्त्री श्रेष्ठ


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन्।

सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्न सक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताउँदै उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको स्पष्ट पारे।

गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए।

उनले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताए। उनले अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्ना साथ चलायमान बनाएर लैजान सक्ने विश्वास व्यक्त गरे।

गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रसँग छलफल गरिरहेको बताए। उनले अर्थतन्त्र सुधार गर्न सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि स्पष्ट पारे।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ