कैलालीको धनगढी उपमहानगरले छाडा कुकुरको बन्ध्याकरण गर्दै


कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाले छाडा कुकुरको बन्ध्याकरण थालेको छ।

आइतवारदेखी मङ्गलवारसम्म छाडा कुकुरको बन्ध्याकरण गरिने उपमहानगरको पशु सेवा शाखाले जनाएको छ। तीन दिनमा १७५ छाडा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको भेटेरिनरी अधिकृत पदम रौलेले बताए। धनगढी उपमहानगरपालिकाको आयोजना र भ्याली एनिमल क्लिनिक, काठमाडौंको सहकार्यमा आज (आइतवार) बाट कुकुरहरूको बन्ध्याकरण गर्न थलिएको हो।

उपमहानगरका विभिन्न स्थानबाट छाडा कुकुर समातेर शिविरमा ल्याइने र बन्ध्याकरण गरिने उपमहानगरले जनाएको छ। शिविरमा छाडा कुकुरको मात्र बन्ध्याकरण गरिने उपमहानगरले जनाएको छ। छाडा कुकुरको प्रजनन हुने क्रिया रोकेर नगर क्षेत्रमा छाडा कुकुरको संख्या थप बढ्न नदिने उद्देश्यले बन्ध्याकरण गर्न लागिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ