कर्मचारीहरुको अवकाश रकममा ५ प्रतिशत मात्रै कर लिन सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारीहरुको अवकाश रकममा पाँच प्रतिशतमात्रै कर लिन आदेश दिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले कर्मचारीहरुको अवकाश रकममा पाँच प्रतिशतमात्र कर लिन र सो भन्दा बढी रकम लिइएको भए फिर्ता गर्न आदेश दिएको हो

आयकर ऐन २०५८ को दफा ८८ मा दुईथरी व्यवस्था भएअनुसार यसअघि सरकारले अवकाश भएका कर्मचारीबाट १५ प्रतिशतका दरले कर कट्टी गर्दै आएको थियो ।त्यसको विरोधमा वाणिज्य बैंकका कर्मचारीहरुले अवकाशमा लाग्ने कर घटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । वाणिज्य बैङ्कका कर्मचारीले अदालतमा दायर रिटको फैसलामा अदालतले पाँच प्रतिशत मात्र कर लाग्ने निर्णय सुनाएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ