लघुवित्तबाट उत्पिडनबाट ७८ जनाले गरे आत्महत्या, पीडितहरु संघर्षमा


धनगढीः लघु वित्त वित्तीय संस्थाबाट पीडित भएकै कारण दुई वर्षको अवधिमा कैलाली र कञ्चनपुरमा मात्र ४४ जनाले देहत्याग गरेको संघर्ष समितिले बताएको छ।

प्रदेशका नौवटै जिल्लामा गरी यो संख्या ७८ छ। सयौँको संख्यामा बेपत्ता छन्। समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई पनि साावामा जोड्दै असुल गर्ने लघुवित्त संस्थाहरुका कारण सुदूरपश्चिममा धेरैको उठिबास भइसकेको समितिको ठहर छ। डडेलधुरामा मात्रै ४० भन्दा बढी परिवार बेपत्ता छन्।

गाउँमा बसेकाहरु पनि लघुवित्तको ज्यादतीविरूद्ध समिति नै बनाएर संघर्ष गर्दै आएका हुन्। लघुवित्तका कर्मचारीले रातदिन खेद्न थालेपछि पीडितहरु सघर्षमा उत्रिएका छन्। समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई पनि साँवामा जोड्दै असुल गर्ने लघुवित्त संस्थाहरूका कारण धेरै जनाको उठिबास लागेको छ।

लघुवित्तले ज्यादती गरेको भन्दै संघर्ष गर्न समिति नै बनाएर ठाउँठाउँमा यसको विरोध भइरहेको छ। आज कैलालीको अत्तरियामा मैन बत्ती बालेर पीडितहरुले विरोध जनाएका छन्। कैलाली, कञ्चनपुर र पहाडी जिल्लामा गरी लघुवित्त संस्थाहरूसँग समूहमा जोडिएका महिला–पुरुषको संख्या ७ लाख बढी रहेको अनुमान छ।

ग्राहकले कुनै महिना किस्ता वा ब्याज बुझाउन नसके किस्ता र ब्याज रकम साँवामा जोडिन्छ। त्यतिमात्र होइन, जोडिएको साँवा र किस्ताको अलग्गै जरिवाना पनि तिर्नुपर्छ। ऋण र ब्याज असुल गर्न लघुवित्तले घरमा भएका बस्तुभाउदेखि जग्गासमेत आफैं बिक्री गराएर लैजाने गरेको पीडितहरूको गुनासो छ। लघुवित्तीय संस्थाको कार्यशैली र मिटरब्याजभन्दा पनि चर्को ब्याज असुलीका विषयमा राष्ट्र बैंक जानकार भए पनि नियमनमा चासो नराखेको पीडितको गुनासो छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ