सुदूरपश्चिम प्रदेशसभा सदस्य धामिको स्वकीय सचिवमा सबिन गिरी नियुक्त


धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश सिंहधामिको स्वकीय सचिवमा सबिन गिरी नियुक्त भएका छन्। गिरीलाई शुक्रबार धामीको स्वकीय सचिव पदमा नियुक्त गरिएको बताइएको छ। स्वकीय सचिवले सांसदका दैनिक भेटघाट र जनसम्पर्कको समन्वय मिलाउने, सार्वजनिक कार्यक्रमको समय निर्धारण, निश्चित र व्यवस्थापन गर्न आयोजकहरूसँग निरन्तर सम्पर्कमा रही समय व्यवस्थित गर्ने, आवश्यक पत्राचार/फलोअप गर्ने गर्दछ।

फलोअप कार्यान्वयनका लागि दौडधूप गर्ने, सहयोगीहरूको विषयगत समूह निर्माण र परिचालन गर्ने एवं उल्लेखनीय परिणामको स्वाभाविक अनुभूति बाँड्न सक्नेसमेत हुनुपर्छ। व्यक्तिगत अपहरिहार्यताको अनुभूति गराउँदै परस्परमा विश्वास अभिवृद्धि गरेरै यो काम सफलतापूर्वक गर्न सम्भव हुने गर्दछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ