वामपन्थी दलहरुसंग एकता गर्न माओवादीद्धारा कार्यदल गठन


काठमाण्डु – नेकपा माओवादी केन्द्रले वामपन्थी दलरूसँगको एकताका लागि कार्यदल गठन गरेको छ । पूर्व प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसंग पार्टी एकता गर्ने निर्णय गरेको माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच दलीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा महरासहित महासचिव देव गुरुङ,उपमहासचिवहरू शक्ति बस्नेत, जर्नादन शर्मा ‘प्रभाकर’ र गिरिराजमणि पोखरेल रहेका छन्।

भट्टराई नेतृत्वको पार्टीसंग एकताका लागि शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालसंग बालुवाटारमा छलफल भएको थियो । छलफलमा पार्टी एकता गर्ने सहमति दुवै नेताबीच भएको थियो ।

पार्टी एकताका लागि कार्यदलले एकीकृत समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र नेकपा बहुमतलगायत सबै वामपन्थी दलहरू छलफल गर्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ