कम्युनिष्टलाई सधैंको पिरलो : बलियो जनमत, संसदमा अल्पमत


२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको गृहकार्य तीव्र पारेका छन् । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक राख्नेदेखि नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग कुराकानी गर्न समेत भ्याएका छन् । अहिलेकै गठबन्धन जोगाएर छैटौं पटक प्रधानमन्त्री बन्न चाहने देउवाले आफ्नो मनसाय लुकाएका पनि छैनन् ।

तर, कांग्रेसभित्रै देउवालाई रोकेर पहिलो पटक प्रधानमन्त्री बन्ने आकांक्षामा महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह देखिएका छन् । तर, कांग्रेसभित्रको यो समस्या संसदीय दलको नेता चयनसँगै टुंगिनेछ । यसअघि पनि कांग्रेसले दलका नेता र प्रधानमन्त्रीको उम्मेदवार संसदीय दलको चुनावबाटै टुंग्याउने गरेको छ ।

कांग्रेसभित्र प्रधानमन्त्री बन्न देखिएको आकांक्षा र संसदमा बहुमत जुटाउन भइरहेको गृहकार्यलाई स्वाभाविक नै मान्नुपर्छ । किनकि रवि लामिछाने, सिके राउत, रेशम चौधरी र राजेन्द्र लिङ्देनको पार्टीले अप्रत्यासित मत पाए पनि सत्ता निर्माणको प्राथमिक जनादेश कांग्रेसलाई नै छ ।

लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, लिङ्देनको राप्रपा, राउतको जनमत पार्टी र चौधरीको नागरिक उन्मुक्तिले ठूला दलहरूको सिट संख्या घटाए पनि कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ