धनगढीमा सुदूरपश्चिम महोत्सव शुरु, प्रधानमन्त्री देउवाद्धारा समुदघाटन


धनगढी : धनगढीमा सुदूरपश्चिम महोत्सव २०७९ आज (बिहिबार) देखि शुरु भएको छ । ‘दीगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने नाराका साथ प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव शुरु भएको हो ।

महोत्सवको दिप प्रज्वलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले समुदघाटन गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन भएको महोत्सवलाई यस क्षेत्रमा पर्वका रुपमा हेरिदै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ