जनताकाे मायालाई सदैव कदर गर्नेछुः प्रदेश सभा सदस्य साउँद


नेकपा माओवादीका केन्द्रका केन्द्रीय सदस्य अछाम जिल्ला ईन्चार्ज तथा नवनिर्वाचित प्रदेश सभा सदस्य झपट बहादुर साउँद (मर्म) अहिले जनताले गरेको मायालाई सदैव कदर गर्ने बताउनु भएको छ। नवनिर्वाचित प्रदेश सभा सदस्य साउँदले मेल्लेख गाउँपालिकाका प्रत्येक वडामा गएर धन्यवाद दिनुका साथै जनता दिएको जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ।

उहाँले जनताले गरेको सम्मानलाई कदर गर्ने, विकास निर्माणमा कटीबद्ध भएर विकासका लागि लाग्ने बताउनु भएको छ। उहाँले कृषि, पर्यटकीय क्षेत्र, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, युवा रोजगारीका, भौतिक संरचना लगायतका क्षेत्रमा विशेष प्रथामिकताका साथ लाग्ने बताउनु भयो। अछामको भाटाकाटियाको पुदुमा जन्मनु भएका क्रान्तिकारी स्वभावका साउँद देशको आमुल परिवर्तनको उद्धेश्य लिएर सुरु गरिएको जनयुद्ध प्रति आर्कसित भई देश र जनताको मुक्ति नै मुख्य ठानेर तत्कालीन र दीर्घकालीन सपनाहरूलाई थाति राख्दै २०५६ सालमा नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ता भएर भुमिगत हुनु भएको थियो।

साउँद २०५४ सालमै अखिल क्रान्तिकारीमा संगठित हुनु भयो। २०५८ सालमा अखिल क्रान्तिकारी अछाम जिल्ला अध्यक्ष २०५९ मा केन्द्रीय सदस्य, अछाम बाजुरा इन्चार्ज, २०६१ मा केन्द्रीय सचिवालय सदस्य र पार्टीको जिल्ला कमिटी सदस्य, तत्कालीन शाही सरकारले सत्ता हातमा लिई चरम दमन गरि रहेको बेला २०६१ सालमै नारायणी–बागमती इन्चार्ज तथा पार्टीको क्षेत्रीय व्युरो सदस्य, २०६३ मा अखिल क्रान्तिकारीको सेति महाकाली संयोजक तथा पार्टीको व्युरो सदस्य भएका साउँदले २७ बर्षको कलिलो उमेरमा अछाम जिल्ला क्षेत्र नम्बर १ बाट २०६४ सालमा संविधान सभाको सदस्य  पदमा चुनाव लड्नु भएको थियो।

नेकपा माओवादी केन्द्र अछाम जिल्ला संयोज, नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अछाम जिल्ला सचिव, हाल नेकपा माओवादी केन्द्रको  केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज हुनु हुन्छ। पार्टीका विभिन्न पद र जिम्मेवारीमा रहेर काम गर्नुका साथै पार्टी भित्र कुशल संगठन बनाउन सफल हुनु हुन्छ साउँद। उहाँले भन्नु भयो–मैले राजनितिक यात्रामा  जनताको माया पाएँ, जिम्मेवारी दिलायो र अब गाउँ–ठाउँ बनाउन लागि पर्नेछु।

उहाँले सधैं अछाम र अछामी जनताको विकास र समृद्धिका लागि अग्रसर भएर लाग्ने बताउनु भयो। युवाहरुका मात्रै हैनन सबै मान्छेको अत्यन्तै प्रिय नेता हुन आन्दोलन र क्रान्तिमा बिचलित नभई देश र जनताको मुक्क्तिका निम्त जनयुद्धको कुशल सिपाही साउँद गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अछाम जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ख बाट बाम लोकतान्त्रीक गठबन्धनको साझा उम्मेदवार भएर विजय हासिल गर्नु भएको हो।

साउँदले आफैले लडेर ल्याएको व्यवस्थामा अब  चुनाव जिति सके पछि जनताको चाहना र भावनाको कदर गर्ने जनयुद्धको सपना पुरा गर्ने र जनताको  सेवक भएर काम गर्ने आफ्नो लक्ष्य र उद्धेश्य रहेको बताउनु भयो। उहाँले अछामी जनताहरुको सेवा गर्ने सपनाहरू पुरा गर्ने अवसर प्रदान गरेकोमा प्रदेश सभा ख का भगवान रुपी मतदाताहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ