भोट हाल्न गएका वृद्धको मतदान केन्द्रमै मृत्यु


तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ ।

रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ