अफ्रिकन स्वाइन फिभरले मरे ४ सय ३२ बंगुर


भजनी – कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बंगुरपालन गर्दै आएका छन । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका ४ सय ३२ बंगुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार फार्ममा ९५ लाख २० हजार बराबरको क्षति भएको विवरण उल्लेख छ ।

बडिमालिका कृषि प्रवद्र्धन केन्द्रको नामबाट व्यावसायिक बंगुरपालन गर्दै आएका बुढालाई यो समस्याले निकै चिन्तित बनाएको उनि बताउँछन । ‘बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरिएको थियो । अहिले फार्म रित्तो भएको छ । आम्दानीको माध्यम समाप्त हुँदा बैंकको ब्याज र किस्ता कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ’ बुढाले भने ‘कतैबाट राहत पाइन्छ कि भनेर आश गरेर बस्नुको विकल्प मेरा लागि अरु केही रहेन । अब व्यवसायमा फर्किने आधार पनि समाप्त भएका छन् ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ