छठ पर्व, आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिइँदै


काठमाडौं। कार्तिकशुक्लपक्ष षष्ठी । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो । विशेषगरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व अचेल काठमाडौं उपत्यकामा पनि भब्य रुपमा मनाउन थालिएको छ।

आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिएर सोमबार बिहानको उदाउदो सूर्यको दर्शन गर्ने गरिन्छ । रातभर नदी, वा कुनै पोखरीको छेउमा रातभर जाग्राम बसेर छठ्ठी माताको उपासना गरिन्छ । सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ। छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ