कैलाली कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या


कैलाली कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या

कैलाली –  जिल्ला  कारागारमा क्षमता भन्दा बढी कैदी भएपछि कैदी बन्दीहरुलाई सास्ती भएको छ ।

कैलाली जिल्ला कारागारमा १५० कैलादी क्षमता भएपनि हाल ५८७ कैदी बन्दीहरु रहेका छन । तीमध्ये  कारागारमा २०१ थुनुवा र ३०८ स्वदेशी पुरुष र १६ थुनुवा र २३ कैदी विदेशी गरेर ५४८ पुरुष रहेका छन । त्यस्तै २६ जना कैदी र १० जना बन्दी गरी स्वदेशी महिला ३६ र एक विदेशी महिला कैदी  कैलाली कारगारमा रहेका छन । कारागारमा तीन जना आश्रित समेत रहेका छन ।

कैलाली जिल्ला कारागारका प्रमुख नरबहादुर थापाले सुदूरपश्चिम प्रदेशको रेफरल कारागारको रुपमा रहेकोले  क्षमता भन्दाबढी कैदी बन्दीहरुका कारण समस्या भएको बताए ।

कारागारमा भवन अभावमा एउटै कोठामा २३ जना समेत बस्नु परेको र  शौचालय समेत एउटै रहेका कारण समस्या रहेको  कारागारका कैदी मीनबहादुर खडकाले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ