भदौ ५ गतेदेखि सुदूरपश्चिममा १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै


भदौ ५ गतेदेखि सुदूरपश्चिममा १२ वर्ष मुनिका बालबालिकालाई कोभिड खोप लगाइँदै

काठमाडौं-  सरकारले आगामी  भदौ ५ गतेदेखि  सुदूरपश्चिम प्रदेशमा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइँदैछ।

कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

आगामी भदौ ५ गतेदेखि सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्ला अछाम ,डोटी ,बझाङ, बाजुरा , बैतडी र दार्चुला खोप दिइँदैछ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ