सुत्केरी आमा र बच्चाकाे मृत्यु


सुत्केरी आमा र बच्चाका मृत्यु

धनगढी – बझाङकी सुत्केरी महिला र बच्चाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनको बच्चाको शनिबार मृत्यु भएको हो । बेहोस अवस्थामा ल्याइएकी उनको र बच्चाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ । उनलाई गर्भाअवस्थामा छारे रोगको समस्या देखिएको प्रहरीले बताएको छ ।

आमा र बच्चाको शव आफन्तले बुझिसकेको प्रहरीले बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ