संघीय चुनावमा कांग्रेस पहिलो र माओवादी दाेस्रो पार्टी हुन्छ: प्रचण्ड


काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निर्वाचनमा कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बन्ने बताएका छन् ।

माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले संघीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो र नेकपा माओवादी केन्द्र दोस्रो बन्ने बताएका हुन् ।

‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’, प्रचण्डले भने ।

आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र दोस्रो पार्टी बनेपछि देशको बागडोर आफ्नो हातमा आउने उनले बताए । ‘त्यसपछि देशलाई यसरी विकास, सुशासन र यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ ।’, प्रचण्डले भने ।  त्यस्तै उनले ‘फेरि एक पटक मालिक हुने गरी जोड लगाउन सम्भव रहेको बताएका छन् ।

‘हामीले जनयुद्धमा योजना बनाएर जाँदा प्रत्येक महिना रिभ्युलस्नरी छलाङ हान्न सक्ने पार्टी हो हामी । अब हामीसँग तीन महिना बाँकी छ । यो तीन महिनामा अभियानको रुपमा गयौँ भने देशको राजनीतिक रंगमञ्च बदल्न सक्ने तागत हामीसँग छ । अरुले देलान् र खाउँला जस्ता भयौँ । अब त्यस्तो हुने होइन, हामी आफैँ जस्तो हुने हो । मालिक हुने गरी एकचोटी फेरि जोड लगाउन सम्भव छ।’, उनले भने ।

त्यसैगरी प्रचण्डले संघीय निर्वाचनमा हालको गठबन्धन रहिरहने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ