ठुलठुला युद्द लडेका नेताहरु पनि सत्तामा पुगेपछि बिग्रिए : एमाले सचिब भट्ट


ठुल -ठुला युद्द लडेका नेताहरु पनि सत्तामा पुगेपछि बिग्रिए : एमाले सचिब भट्ट

धनगढी –नेकपा एमालेका सचिब लेखराज भट्टले बर्षौँ जेल नेल गरेका नेताहरु पनि सत्तामा पुगेर बिग्रेन गरेको आरोप लगाएका छन् । उनले नेकपा एमालेको आयोजनामा सुदुरपश्चिम स्तरिय प्रशिक्षण कार्यक्रमलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै युद्द लडेका नेताहरु पनि सत्ताको स्वादमा परेर बिग्रेन गरेको बताए ।

‘हिजो ठुल ठुला युद्दको नेतृत्व गरेका माओबादीका अध्यक्ष  प्रचण्ड पनि सत्तामा पुगेपछि बिग्रिए । सत्तामा नपुगुन्जेल उनी ठिकै बाटोमा थिए ।हिजो युद्दको नेत्रित्व गर्ने जनार्दनहरु पनि सत्तामा पुगेपछी कसरी बिग्रिए तपाईंहरुलाई थाहा नै छ,’ भट्टले भने,’ हिजो जसले टाउकोको मुल्य तोकेको थियो अहिले उसै सँग गठबन्धन गरेर बसेका छन् । बाम पार्टी हुँं भन्ने एमालेलाई दुश्मन देख्न थालेका छन ।’

उनले काँग्रेस सँग गठबन्धन गर्नेहरु बाम पार्टी हुनै नसक्ने जिकिर गरे ।  यस्तै सचिब भट्टले ओली सरकारले समाजबादमा पुग्न सबै पालिकामा औधोगिक ग्राम को निती ल्याएको स्मरण गर्दै भने- ‘४२ वटा पालिकामा हाम्रै सरकारको पालामा औधोगिक ग्राम गएको थियो । त्यसको उदेश्य  जनतालाई प्रत्यक्ष रुपमा लघु उधोगमा जोडनु थियो त्यो भनेको श्रमलाई जनता सँग जोडने अबधारणा  थियो । त्यो समाजबादमा पुग्ने बाटो थियो । त्यसैलाई निरनतरता दिन सकेनौ भने शुखी नेपाल समृर्द्द नेपाली को नारा पुरा हुँदैन ।’

एमाले सुदुरपश्चिमका इन्चार्ज समेत रहेका भट्टले ओली सरकारले ठीक ठाउँमा राखेको अर्थतन्त्र परमादेशबाट बनेको सरकार बनेपछि निराशजनक बाटोमा लागेको बताए । भट्टले गेटा मेडिकलको पूर्बाधार बनेर तयार भएपनी सरकारले सन्चालन गर्न नसकेको आरोप लगाए ।

‘गेटा मेडिकल कलेजको अहिले नाटक मन्चन हुँदै छ । डडेलधुरामा मेडिकल कलेज बनाउँदा हामीलाई आपत्ती भएपनी जती मेडिकल कलेज खुले पनि राम्रै हुन्छ तर गेटा मेडिकल कलेजलाई ओझेलमा पार्न त्यो खालको कार्यक्रम ल्याइयो,’ सचिब भट्टले भने,’यँहा नाटक के गरियो भने काँग्रेस कै नेताहरुको नेतृत्वमा संघर्ष समिती बनाइयो । हस्ताक्षर अभियान गरियो । त्यसमा हाम्रा नेता कार्यकर्ताहरु पनि भ्रममा परेर संघर्ष समितीमा  बसेछन् । एमालेको आफ्नो निती छ, आफ्नो कार्यक्रम छ । अरु कसैको नेतृत्वको संघर्श समितीमा एमालेका नेता कार्यकर्ता बस्नु पर्छ र एमाले सँग कार्यक्रम नभएर अरुको साहारा लिएको हो र एमाले आँफै सबै संघर्षका कार्यक्रम गर्न सक्षम छ । अरु कसैको शाहारा लिनुपर्दैन ।’

भट्टले गेटा मेडिकल कलेजलाई विश्वबिधालयको रुपमा सन्चालन गर्ने ओली सरकारले अबधारणा अघि सारेको जिकिर गरे ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ