आइतबार दिनभरकाे माैसम कहाँ कस्ताे रहला ?


काठमाडौं ।  जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गेको छ । हाल देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ । अहिले बिहान पहाडी भूभागको मौसममा आंशिक बदली भएको छ ।दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । पूर्वी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ