माओवादीले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन एजेण्डा


काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । यहि फागुन २० गते राष्ट्रिय सभागृहमा बस्नेगरि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

पार्टी कार्यालयले सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन निर्देशन दिएको छ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, पार्टी पदाधिकारीलाई पूर्णता दिने र समसामयिक राजनीतिका विषयमा छलफल हुने ढकालले जानकारी दिए ।

बैठकले केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारी चयन गर्ने समेत तयारी गरेको छ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ । यो पटक भने सर्ने संभावना कम रहेको माओवादी नेताहरु बताउँछन् ।

माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनपछि पछिलोपटक पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि बैठक बस्न सकेको थिएन । माओवादीको महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो ।

महाधिवेशनपछि पुस १९ गते एकपटक बैठक बसेकाे थिायाे । उक्त केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेपनि हालसम्म पदाधिकारी छान्न सकेको छैन । माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षसहित १४ जना निर्वाचित गर्न बाँकी छ । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको छ ।

यन भने पेचिलो बन्दै गएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ